Logo

लन्डनबाट विमानमा पिजा मगाएर खान्छन् नाइजेरियाका सुपर रिच

अबुजा-केही धनी नाइजेरियाली नागरिकहरु लन्डनबाट पिजा अर्डर गरेर ब्रिटिस एयरवेजबाट ल्याएर खाने गरेको दावी त्याहाँका सरकारी मन्त्रीले गरेका छन् ।
“तपाईलाई थाहा छ महासय, केही नाइजेरियनहरुले लन्डनबाट पिजा आयात गर्नका लागि आफ्नो सेलफोन प्रयोग गर्ने गरेका छन्,”नाइजेरियाका कृषि मन्त्री अउडु ओग्बेले भने । “लन्डनमा खरिद गरिन्छ,बिहानीको समयमा ब्रिटिस एयरवेजबाट यसलाई ग्रहण गर्ने गरिन्छ,” उनले भने ।
“यो साह्ै चिढ्याउने अवस्था हो,” उनले थपे । यस किसिमको अवस्थाको अन्त्य गरिनुपर्ने कदमा चाल्नुपर्ने भएको उनले बताए ।
यस किसिमको अर्डर गर्ने नाइजेरियालीहरुको नाम भने उनले लिएनन् । उनीहरु पिजाका लागि अन्य कसैको माध्यमबाट पिजा लिनका लागि लन्डन जान्छन् वा जादैनन् भन्ने विषय अभैm स्पष्ट भएको छैन ।
नाइजेरियाले आयातमाथिको आफ्नो निर्भरता कटौती गर्ने प्रयास गरिरहेको समयमा ओग्बेको यस्तो टिप्पणी आएको हो । बढ्दो आयातले स्थानिय किसानहरुलाई नोक्सानी पुग्ने गरेको ओग्बेहले बताएको नाइजेरियाको न्यूज साइट द केबलले जनाएको छ ।
आयातमा निर्भर हुदै आएको नागरिकहरुमाथि ओग्बेले आक्रोश समेत व्यक्त गरेका छन् । आयातीत सामानको प्रयोग गर्नु नाइजेरियालीका लागि आफ्नो स्ट्याटसको संकेत हुने गरेको छ ।
केही नागरिकहरु आफ्नो दैनिक आवश्यकताका बस्तुहरु चामल, गोलभेडाको सस आदी आयात गर्ने गर्छन् । यसले उनीहरुको स्तर, वर्ग देखाउने र उनीहरु आयातीत बस्तु मात्रै खाने उपल्लो दर्जाका मानिसमा गनिने गरेको आग्बेले बताएको डेली मेलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्