Logo

बालविकासको भवन हस्तान्तरण

सर्लाही- सेभ द चिल्ड्रेनले सर्लाहीमा तीनवटा विद्यालयमा नयाँ बालविकास भवन र स्वच्छ खानेपानीस्थल निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।
सर्लाहीको गोडैता नगरपालिका–३ सिमरा भगवतीपुरस्थित श्री प्राथमिक विद्यालयमा २९ लाखको लागतमा निर्माण भएको नयाँ बालविकासको भवन, स्वच्छ खानेपानी धारा, विद्याययको पर्खाल र वडा न. ७ स्थित जानकीनगर श्री प्राथमिक विद्यालयमा १९ लाखको लागतमा निर्माण भएको बालविकासको भवन र स्वच्छ खानेपानी धाराको मेयर देवेन्द्रकुमार यादवले एक कार्यक्रमको बीच उदघाटन गरेका छन् ।
मंगलबार नै बलरा नगरपालिका–५ अर्नाहास्थित सामुदायिक विद्यालयको १९ लाखको लागतमा पुरानो भवनको मर्मत सम्भार र पर्खाल निर्माण गरी विद्यालयको हस्तान्तरण गरिएको छ ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र मंलगवा, सर्लाहीको प्राविधिक सहयोग तथा गोडैता नगरपालिकाको सहकार्यमा सञ्चालित समुन्नती कार्यक्रमअन्तर्गत उक्त भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको आरआरपीके संस्थाको अध्यक्ष गायत्री देवीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्