Logo

प्रधानमन्त्री देउवाद्वारा भर्चुअल माध्यमबाट सालिक उद्घाटन

मुगु – प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मुगुको सदरमुकाम गमगढीमा नवनिर्मित सालिक र भवनको भर्चुअल माध्यमबाट अनावरण र उद्घाटन गरेका छन् ।
छायाँनाथ रारा नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सदरमुकामस्थित अदालत चोकमा निर्मित स्वर्गीय बखतबहादुर शाहीको अर्धकद सालिकको अनावरण र बिपी स्मृति भवनको प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन् ।
भर्चुअल माध्यमबाट सञ्चालित अनावरण तथा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले देउवाले स्थानीय सरकार छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीको नेतृत्वमा रहेको नगर कार्यपालिकाले दूरदराजबाट प्रजातन्त्रका लागि लडेको र पहिलो मुगु जिल्लाका विकास समिती सभापती तथा मुगु पार्टी सभापति स्वर्गीय बखतबहादुर शाहीलाई सम्मान गर्दै उनको सालिक बनाएकाले आफूसहित सिंगो कांगे्रस खुसी भएको र सहिदप्रति सच्चासम्मान भएको बताए। । नगरपालिका कै सहयोगमा नवनिर्मित २ तले बिपी स्मृति भवनबाट बिपीले देखेको समाज बाटको सपना मुगु काँगे्रसले सफल बनाउन कार्य गर्नेसमेत आफूले विश्वास लिएको प्रधानमन्त्री देउवाले बताए ।
सालिक अनावरण गरिएको स्वगिय बखत बहादुर शाहीलाई २०५८ साल माघ ३ गते राति घरमा खानाखाई रहेका बेला तत्कालिन विद्रोही पक्ष नेकपा माओवादीका कार्यकताहरूले गोली हानी हत्या गरेका थिए ।
अहिलेका उपलब्धि सहिद र जननिर्वाचित विपीकोईरालाले खेलेको भूमिका तथा आन्दोलन बाट प्राप्त भएकाले साही उपलब्धिबाट आफूहरूले शासन सत्ताचलाउनपाएकोले विपी स्मृति भवन र सहिद बखतबहादुर शाही सालिक बनाएको नगर प्रमुख हरिजंग शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्