मुक्तिनाथ विकास बैंकको सहयोग «

मुक्तिनाथ विकास बैंकको सहयोग

मुक्तिनाथ विकास बैंकले दाङस्थित नीलसागर असाहाय अशक्ततथा ज्येष्ठ नागरिक पूनः स्थापना केन्द्रलाई विभिन्न सामग्री सहयोग गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्व अन्र्तरगत राप्ती गाउँपालिका–८ पिपरीस्थित निलसागर सेवा आश्रमलाई सहयोग गरेको हो । बैंकले यसअघि पनि विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको जनाएको छ ।
बैंकले निलसागर सेवा आश्रमलाई एक कार्यक्रमबीच उक्त सामग्री हस्तान्तरण गरेको छ । कार्यक्रममा बैंकका तर्फबाट सिसहनिया शाखाका प्रबन्धक दिपककुमार पाण्डे र अन्य कर्मचारीे उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्