Logo

कांग्रेस सांसद कँडेलको पुस्तक सार्वजनिक

नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलको ‘बोनसको यो जीवन’ नामक पुस्तक विमोचन भएको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद कँडेलको पुस्तक विमोचन गरेका हुन् ।
विमोचन समारोहपछि बोल्दै सांसद कँडेलले पुस्तकमा २०६० भदौ १२ गते कुसुन्तीमा आफैं माथि भएको आक्रमणका बारेमा चर्चा गरिएको बताए । उनले आक्रमणमा तत्कालीन माओवादी संलग्न रहेको र सोही सेरोफेरोमा पुस्तक तयार गरेको बताए । सांसद कँडेलको पुस्तक भित्र विभिन्न शीर्षकमा घटना विवरण सहित ४ खण्डमा राखिएको छ । २७२ पेजको यो पुस्तकमा पारिवारिक तथा राजनीतिक गतिविधिहरु रहेको पनि सांसद कँडेलले बताए ।
सांसद कँडेलले पुस्तक बिक्रीबाट आएको आयलाई नेपाल नेत्रज्योती संघ नवलपरासीको आई हस्पिटलमा आर्थिक रुपमा विपन्नहरुलाई उनीहरुको मोतिविन्दुको निःशुल्क अप्रेशनको लागि र आँखा सम्बन्धित उपचारको लागि खर्च गर्ने उद्देश्य रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्