Logo

नर्भिकमा विश्वस्तरीय कस्मेटिक एन्ड डर्माटोलोजी सेन्टर सञ्चालन

नर्भिक इन्टरनेसल हस्पिटलले विश्वस्तरीय कस्मेटिक एन्ड डर्माटोलोजी सेन्टर सञ्चालनमा ल्याएको छ । अस्पतालले केही समयअघिदेखि एम हाउस परिसरमा निर्माण भएको नयाँ भवनमा कस्मेटिक एन्ड डर्माटोलोजी सेन्टर सञ्चालनमा ल्याएको हो ।
कस्मेटिक, स्किन तथा कपालसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी नेपालमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले व्यवस्थित डर्माटोलोजी सेन्टर स्थापना गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।
उनकाअनुसार हाल यो सेन्टरमा डा. सिरपा बज्राचार्य नेतृत्वको टिमले सेवा दिन थालेको छ ।उनका अनुसार नर्भिकको यो सेन्टरमा देशका अरु अस्पताल वा यस्तै सेन्टरभन्दा राम्रो प्रडक्ट उपलब्ध हुनेछ । ‘आवश्यक सबै उपकरणहरु अरुभन्दा निकै नै स्तरीय र अत्याधुनिक मगाइएको छ ।’ उनले भने, ‘उपकरणहरु आउन केही समय लाग्छ ।
ती उपकरण पनि आइसकेपछि नर्भिकको यो सेन्टरमा कस्मेटिक र स्किनसँग सम्बन्धित जुनसुकै समस्या निराकरणको विश्वस्तरीय पूर्ण प्याकेज उपलब्ध गराउन हामी सक्षम हुनेछौं ।’

प्रतिक्रिया दिनुहोस्