शिवम् सिमेन्टको सचेतना कार्यक्रम «

शिवम् सिमेन्टको सचेतना कार्यक्रम

शिवम् सिमेन्टले सिमेन्ट प्रयोगबारे सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
कम्पनीले दोलखाको चरिकोटमा निर्माणकार्य गरिरहेका व्यक्तिहरूसँग यस्तो कार्यक्रम आयोजना गरेको हो । निर्माणकार्य गरिरहेका व्यक्तिलाई दक्ष एवं अनुभवी प्राविधिकबाट सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनोट प्रक्रिया, निर्माण कार्य गर्दा दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्याको समाधानका उपाय र सिमेन्ट भन्डारणलगायत विषयमा जानकारी गराइएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्