Logo

दमकमा नेपाल बंगलादेश बैंकको ८६ औं शाखा

नेपाल बंगलादेश बैंकले शाखा विस्तारको क्रममा आफ्नो ८६ औं शाखा सञ्चालनमा ल्याएको छ । यस बैंकले आइतबारबाट झापा जिल्लाको दमकमा उद्घाटन भई औपचारिक कारोबार शुभारम्भ भएको छ ।
उक्त शाखाको औपचारिक उद्घाटन दमक नगरपालिकाका उपमेयर गीता अधिकारी तथा बैंकका सञ्चालक मुकुन्दनाथ ढुंगेलद्वारा गरिएको थियो । त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकका सेवाहरूका बारेमा आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
बैंकले यस क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा सञ्जाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको हो । साथै यस शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्ने जनाएको छ । दमक शाखाहरूसहित बैंकले ८६ शाखा, ७ एक्सटेन्सन काउन्टर, २ शाखारहित घरदैलो बंैकिङ सेवा तथा ६७ वटा ब्त्ः बाट बैंकिङ सुविधा दिँदै आएको कुरा पनि जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्