नियू ब्रान्डको गोभा ५ इलेक्ट्रिक स्कुटर सार्वजनिक
इलेक्ट्रिक टुह्विलर ब्रान्ड नियूको नयाँ स्कुटर गोभा ५ नेपाली बजारमा सार्वजनिक गरिएको छ ।
नेपालका लागि आधिकारिक वितरक इको इन्फिनिटीले स्कुटर लन्च गरेको हो । यो स्कुटर खरिद गर्ने १० जनालाई चाबी हस्तान्तरणसमेत गरिएको छ । अनावरण तथा साँचो हस्तान्तरण इको इन्फिनिटीका कार्यकारी निर्देशक तरुण बज्राचार्य र कार्यकारी प्रगुण राजभण्डारीले गरेका थिए ।
यो स्कुटरमा कम्पनीले ३२ भोल्ट ४५ एम्पियर आवरको लिथियम आयोन ब्याट्री र ३ हजारबाट क्षमताको मोटर जडान गरेको छ ।
जसलाई ७ घन्टाभित्र पूर्ण चार्ज गर्न सकिने र एक पटक चार्ज गरे ८५ देखि १ सय किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।