Logo

नेपाल बंगलादेश बैंकको वित्तीय साक्षरता कार्यक्रम

ग्लोबलमनी वीकको अवसरमा नेपाल बंगलादेश बैंकले वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । बैंकको कलकत्ता शाखाले बेलौरी नगरपालिकामा महिला तथा युवा पुस्तालाई वित्तीय साक्षरता अभिवृद्धि गर्न सो कार्यक्रमको आयोजना गरेको बताइएको छ । कार्यक्रममा कृषक, विद्यार्थी, घरेलु तथा लघुउद्यमी व्यापारी तथा स्थानीय जनप्रतिनिधि र सर्वसाधारण उपस्थित रहेको बैंकले जानकारी दिएको छ ।
नगदरहित विद्युतीय भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्यसहित नेपाल बंगलादेश बैंकको शो शाखाका प्रमुख पंकज भट्टले डिजिटल माध्यमबाट बैंकिङ सेवा, विद्युतिय भुक्तानी प्रणालीको प्रयोग तथा उपदेयिताको बारेमा जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्