धरानमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर «

धरानमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर

सुनसरीको धरान उपमहानगरपालिकास्थित महेन्द्र बहुमुखी क्याम्पसमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर स्थापना भएको छ । सो एक्सटेन्सन काउन्टरको बैंकका सञ्चालक समिति सदस्य डा. सावित्री रंजित श्रेष्ठ र क्याम्पस प्रमुख दामोदर भण्डारीले संयुक्त रुपमा उद्घाटन गरे ।
कार्यक्रममा सञ्चालक समिति सदस्य डा. श्रेष्ठले बैंकले देशका विभिन्न भूगोल र क्षेत्रमा आफूलाई उभ्याउँदै प्रभावकारी बैंकिङ सेवा दिएको बताइन् । उनले हाल नेपाल बैंक आधुनिक प्रविधि र उच्चतम बैंकिङ सेवाभावको साथ बौद्धिक युवा जनशक्तिबाट गुणस्तरिय सेवा प्रवाहमा लागिपरेको बताइन् ।
क्याम्पस प्रमुख भण्डारीले पुरानो बैंकिङ इतिहास र अनुभव भएको बैंकसँग सहकार्य गर्न पाउँदा खुशी भएको बताए । उनले क्याम्पस हातामा स्थापना भएको एक्स्टेन्सन काउन्टरले क्याम्पसका आर्थिक् गतिविधि पारदर्शी र सुरक्षित हुने विस्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्