Logo

जगदम्बाद्वारा पहिलो पटक तेस्रो देश निर्यात

काठमाडौं – नेपालको स्टिल उद्योग जगदम्बाले तेस्रो मुलुक निर्यातको सुरुवात गरेको छ ।
शंकर ग्रुपद्वारा प्रवद्र्धन गरिएको कम्पनी जगदम्बाले सुपर साइन र ग्याल्भा प्लसका जस्ता पाता निर्यातको सुरुवात गरेको हो । जगदम्बा स्टिल्सका उत्पादनहरू जगदम्बा सुपर साइन र ग्याल्भा प्लस रोमानिया, युएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा निर्यात हुन थालेको हो । जगदम्बा स्टिल्सले केही समयअगाडि मात्रै ‘सीआर सिट एण्ड कोइल्स’ हरू दक्षिण पूर्वी, मध्य पूर्वी एसियाली देशहरु तथा दक्षिण अफ्रिकामा निर्यातको थालनी गरेको थियो ।
जगदम्बा ग्याल्भा प्लस, प्रिमियम एल्युमिनियम–जिंक कोटेड शिट जसलाई ग्याल्भल्युम पनि भनिन्छ जसमा तौलको हिसाबले ५५ प्रतिशत एल्युमिनियम ४३.५ प्रतिशत जिंक र १. ५ प्रतिशत सिलिकन मिश्रित रहेको हुन्छ ।
जगदम्बा ग्याल्भा नेपालमा अत्याधुनिक रुफिड उद्योगमा नयाँ आयाम भएको विज्ञप्तीमा उल्लेख छ । जसले फलामलाई अक्सिडेशनबाट बचाउँछ र परिणामस्वरूप उत्पादनलाई सामान्य उत्पादनको तुलनामा १० गुणा बढी टिकाउ बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्