गुण्डानाइके चक्रे मिलनलाई सफाई

विशेष अदालतले सम्पत्ति शुद्धिकरणको मुद्दामा गुण्डा नाइके चक्रे मिलन भनिने मिलन गुरुङलाई सफाई दिएको छ । ०७० जेठ ५ गते चक्रे र उनकी श्रीमती इन्दिरा घलेले अवैध सम्पत्ति राखेको दाबीसहित सम्पत्ति शुुद्धिकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
बुधबार सोही मुद्दामा सुनुवाई गर्दै न्यायाधीश रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले सफाई दिएको हो । उनले ७ करोड ८ लाख १७ हजार दुई सय ६६ रुपैयाँ ४१ पैसा अवैध रुपमा लुकाएको दाबी गर्दै मुद्दा दायर भएको थियो । विशेष अदालतको सो दाबी पुष्टि हुने आधार नरहेको भन्दै सफाई दिने फैसला सुनाएको हो ।