भक्तपुर घरेलु तथा साना उद्योग संघको साधारण सभा सम्पन्न «

भक्तपुर घरेलु तथा साना उद्योग संघको साधारण सभा सम्पन्न

भक्तपुर-बागमति प्रदेश सरकारकी उद्योग वाणिज्य तथा आपुर्ति राज्यमन्त्री रजनी जोन्छेको विशेष आथित्यमा भक्तपुर घरेलु तथा साना उद्योग संघको ३१ औ महिला उद्यमी समितिको २९ औ साधारण सभा सम्पन्न भएको छ ।
सो अवसरमा राज्यमन्त्री जोन्छेले उद्यमीहरुलाई उत्साहित गर्न भक्तपुरका मौलिक उत्पादन प्रबद्धन गर्न प्रदेश सरकारले सहयोग गर्ने बताईन । उनले घरेलु तथा साना उद्योगले उद्यमशिलता मात्र नभएर रोजगार र स्वरोजगार बनाउ सहयोग गरेको बताईन । सोे अवसरमा सघका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले भक्तपुरका मौलिकता उत्पादनलाई पर्यटन र रोजगारीका क्षेत्रसँग आबद्धता गराएर प्रवद्धन गर्न सरकारले सहयोग गर्नु पर्ने बताए ।
संघका पुर्व अध्यक्ष वीरेन्द्र जतीले साना उद्योगीलाई सरकारले आवश्यक सहयोग र प्रोत्सहान गर्न नसकेको बताए । उनले भक्तपुरमा रहेका उद्यमीहरुले नयाँ नयाँ प्रविधि अपनाएर आफनो उद्योगको उत्पादन क्षमता अभिबृद्धि गरी आयात प्रतिस्थापन गर्न चाहे पनि सरकारले सो अनुसारको वातावरण बनाउन नसकेको बताए । उनले सरकारले नयाँ प्रविधिको लागि जनचेतना र बैंक मार्पmत उद्यमीहरुलाई सहज ऋण उपलब्ध गराउने वातावरण तयार गर्नु पर्ने बताए । पुर्व अध्यक्ष जतिले लघु घरेलु तथा साना उद्योगको विकास विना देश विकास सम्भव नभएको र सरकारले पुँजीको लागि बैंकमार्फत घरेलु उद्यमीहरुलाई सहज ऋण उपलब्ध गराउनु आवश्यक भएको बताए ।
सो अवसरमा सहभागी उद्योगीले नेपाल जस्तो अति कम विकासित मुलुकमा स्थानिय स्तरमा उपलब्ध कच्चा पदाथमा आधारित लघु, घरेलु उद्योगको स्थापना गर्न पहल गर्नु पर्ने बताए । सो अवसरमा संघको महिला उद्यमी समितिकी सभापति देबका श्रेष्ठले धरै उद्यमीलाई उद्यमशिल बनाउन सरकारका सबै आवश्यक सहयोग गर्नु पर्ने बताई ।

प्रतिक्रिया दिनुहोस्