गरिमा विकास बैंकको एकै दिन ४ शाखाको उद्घाटन «

गरिमा विकास बैंकको एकै दिन ४ शाखाको उद्घाटन

गरिमा विकास बैंक लिमिटेडले एकै दिन ४ वटा शाखा कार्यालयको स्थापना गरेको छ । बैंकले यही चैत १५ गते शुक्रबार सुर्खेत जिल्लाको वीरेन्द्रनगर, बाँके जिल्लाको चप्परगौडी, लमजुङ जिल्लाको बेसीसहर र नुवाकोट जिल्लाको बट्टार शाखा कार्यालयको औपचारिक उद्घाटन सम्पन्न गरेको हो । वीरेन्द्रनगर शाखा कार्यालयको उद्घाटन वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी, चप्परगौडी शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयका नायव निर्देशक नारायण पोखरेल, बेसीशहर शाखा कार्यालयको उद्घाटन बेसीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल र बट्टार शाखा कार्यालयको उद्घाटन विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाडौं उपत्यका भित्र ८ वटा शाखासहित देशभर ७२ शाखा र १८ वटा एटीएम सञ्चालनमा छन् । विकास बैंकले निकट भविष्यमा नै पर्साको वीरगन्ज, चितवनको मिलनचोक, दाङको तुल्सीपुर र कास्कीको हेम्जा सहित देशका विभिन्न स्थानहरूमा १९ शाखा कार्यालयहरू स्थापना गर्दैछ । २०७५ चैत १४ गतेसम्म विकास बैंकले २९ अर्ब ५० करोड निक्षेप संकलन गरी २५ अर्ब १० करोड कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्