सकियो दाङ औद्योगिक तथा कृषि प्रदर्शनी «

सकियो दाङ औद्योगिक तथा कृषि प्रदर्शनी

दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ सकिएको छ । प्रदर्शनीको एक कार्यक्रमको आयोजना गरि समापन गरिएको हो ।
संघको आयोजनामा २६ फागुनदेखि ९ चैतसम्म घोराहीको झिगौरामा मेला सञ्चालन भएको थियो । स्थानीय उत्पादनको बजारी करण, कृषि पशुपालनको प्रवद्र्धन, पर्यटनलाई व्यवसायीकरण गदै आर्थिक विकासमा टेवा पु-याउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा यहाँको उत्पादित वस्तु पहिचान गराउने मेलाको आयोजना गरिएको हो ।
त्यसैगरी स्थानीय भाषा, साहित्य कला, परम्परागत सीप, धार्मिक क्षेत्र एवम संस्कृतिको परिचय गराउँदै संरक्षण एवम सम्वद्र्धन गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको आयोजकले जनाएको छ ।
लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठले प्रदर्शनीले यस क्षेत्रमा कृषि जन्य वस्तु बजारीकरणमा सहयोग पुगेको बताए । यसले उद्यमीलाई प्रोत्सान गर्ने उनले बताए । जिल्ला रहेका पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा समेत प्रदर्शनीले सहयोग पुगेको उनले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्