सिद्धार्थ बैंकको प्रदेश कार्यालयको सुरूवात «

सिद्धार्थ बैंकको प्रदेश कार्यालयको सुरूवात

विराटनगरमा आफ्नै नवनिर्मित भवनमा बैंकको प्रदेश १ क्षेत्रिय कार्यालय सुरुवात गरेको छ ।
सो भवनको बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले उद्घाटन गरेका छन् । कार्यक्रममा उद्योगी, व्यापारी तथा विभिन्न संघसस्थाका प्रमुखहरुको उपस्थिति थियो ।
विभिन्न वर्गका ग्राहक, व्यापारी तथा उद्योगी माझ उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले सो कार्यालयको निर्माण गरिएको बैंकले जनाएको छ । अत्याधुनिक प्रविधिमैत्री बैंकिङमार्फत आमग्राहकलाई सेवा दिने उद्देश्यका साथै देशको अर्थतन्त्रलाई समृद्ध एवं सुदृढ बनाउन बैंकले प्रदान गर्ने सेवाले सहयोग गर्ने बताइएको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले बैंकले देशभर १८६ वटा शाखा, ४ एक्स्टेन्सन् काउन्टर, २०८ वटा एटीएम्, ११४ शाखारहित बैंकिङ सेवार १,५०० भन्दा बढी पिओएस् मेसिनमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्