बसन्तीको जीवनबाट प्रेरित नबिल बैंकको नयाँ अभियान «

बसन्तीको जीवनबाट प्रेरित नबिल बैंकको नयाँ अभियान

एसिड आक्रमणपछि बाँच्न सफल बसन्ती परियारको वास्तविक जीवनमा आधारित रहेर नबिल बैंकले एक सामाजिक सचेतना अभियान सुरू गरेको छ ।
बसन्ती परियारलाई पिडकले एसिड मात्र छर्केन, ६ पटकसम्म चक्कु प्रहार गरेर मरणासन्न हुने गरी उनको जीवन नै समाप्त गर्ने उद्देश्यले आक्रमण ग¥यो । एसिड आक्रमणबाट बाँच्न सफल उनी अब पीडितको रूपमा नभई बहादुरी जीवनयापकको रूपमा आफ्नो पहिचान बनाउन चाहन्छिन् । थप विगतका पीडालाई भुल्न नसके पनि बसन्ती ती पीडाविरुद्ध लड्ने आँट भएकी प्रेरणादायक महिलाको रुपमा अघि बढीरहेकी छिन् ।
बसन्तीको आँट, साहस, बहादुरी र आत्मविश्वासी अभियानलाई साथ दिन नबिल बैंकले यो पहल गरेको हो । यो अभियान मार्फत नबिलले मानिसको भित्री रूपको शक्ति र सामर्थलाई जोड दिने सन्देशसहित यो अभियानमार्फत सौन्दर्यलाई नयाँ तरिकाले चित्रण गर्ने उद्देश्य राखेको छ । यसबाहेक, नबिल एसिड आक्रमणको अँध्यारो र उज्यालो पक्षलाई उजागर गर्ने प्रयास गर्ने बैंकले जनाएको छ ।
यस अभियानको सुरुवात गर्न बैंकले बसन्तीलाई चित्रण गर्ने सचेतनामूलक भिडिओ तयार गरेको छ। यसै सिलसिलामा बैंकले २२ चैतमा विभिन्न क्षेत्रका विज्ञहरूलाई प्यानल राखेर एक छलफलको आयोजना गर्दैछ ।
एसिड आक्रमणबाट पीडित भएकाहरूको आत्मविश्वास बढाउन र एसिड आक्रमणबारे आम जागरुकता बढाउन प्रभावकारी हुने बैंकले जनाएको छ । बैंक र समाजको लागि बसन्ती मोडेल मात्र नभई एक प्रेरणादायी पात्र बनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्