प्राधिकरणका सात निमित्त उपकार्यकारी निर्देशकमा बढुवा

प्राधिकरणका सात निमित्त उपकार्यकारी निर्देशकमा बढुवाप्राधिकरणका सात निमित्त उपकार्यकारी निर्देशकमा बढुवाभीम गौतम काठमाडौ, १० माघ । नेपाल विद्युत प्राधिकरणका सात जनालाई उपकार्यकारी निर्देशकमा बढुवा गरेका छन् । लामो समयदेखि निमित्त उपकार्यकारी निर्देशक रहेका उनीहरुलाई बुधबार बसेको प्राधिकरण सञ्चालक समितिले बढुवा गर्ने निर्णय गरेको हो । बढुवा हुने निर्देशानालका निमित्त उपकार्यकारी निर्देशकहरुमा अर्थका लेखनाथ कोइराला, प्रशासनका शान्तिलक्ष्मी शाक्य, योजना, अनुगमन र सूचना प्रविधिका जगदिश्वरमान सिंह, इन्जिनियरिङका मोहनरत्न शाक्य र उत्पादनका हरराज न्यौपाने छन् । हाल इन्जिनियरिङ परामर्शदाता कम्पनीका प्रमुख कार्यकारी अधिकृत हितेन्द्रदेव शाक्य र संस्थागत योजना विभागका निर्देशक अनिलराज राजभण्डारी पनि बढुवा भएका छन् ।