बैंक अफ काठमाण्डूको हेल्पलाइन सेवा सञ्चालनमा
बैंक अफ काठमाण्डूले आफ्नो ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू प्रदान गर्ने उद्देश्यले हेल्पलाइन सेवा सुरू गरेको छ ।
बैंकले आफ्नो ग्राहकलाई बैंकिङ कारोबारमा सहज बनाउन डिजिटल सेवा तथा सुविधाको जानकारी तथा सेवा सञ्चालनमा सहयोग गर्न हेल्पलाइन स्थापना गरेको हो । यो हेल्पलाईन सेवा अन्तर्गत ग्राहकले बैंकको कुनै पनि डिजिटल कारोबारको जिज्ञासा भए बैंकको सहयोग कक्षबाट फोन वा इमेलको माध्यमबाट सहयोग लिन सक्नेछन् ।
बैंकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर कोड, डेबिट कार्ड, क्रेडिट कार्ड, एटीएम तथा पीओएसको कारोबारमा केही समस्या आएमा बैंकका ग्राहकले हेल्पलाइन नम्बर वा इमेलमा सम्पर्क गर्न सक्ने बताइएको छ ।
हालसम्म बैंक अफ काठमाण्डूले देशभर ९७ शाखा कार्यालय, ८७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई बैंकिङ सुविधा प्रदान दिँदै आएको छ ।