तनहुँको बन्दीपुर गाउँपालिका ४६ भूमिविहीन घरपरिवारलाई लालपुर्जा वितरण «

तनहुँको बन्दीपुर गाउँपालिका ४६ भूमिविहीन घरपरिवारलाई लालपुर्जा वितरण

तनहुँ – भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले तनहुँको गाउँपालिकमा रहेका भूमिविहीनहरूलाई आज जग्गा धनीदर्ता प्रमाण पूुर्जा (लालपूर्जा) वितरण गरेका छन् ।
तनहुको बन्दीपुर गाउँपालिकाको गाउब्लकमा रहेका ४६ घरपरिवारलाई लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले केही समय भित्रै भूमिहीन सुकुम्बासी र भूमिहिन दलितले जग्गाको लालपुर्जा पाउने गरी राष्ट्रिय भूमि आयोगमार्फत काम भइरहेको बताए ।
मन्त्री श्रेष्ठले संविधानमा भएको नागरिकको हक कार्यान्वयलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको भन्दै जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई इमान्दार भएर लाग्न आग्रह गरे ।
मन्त्री श्रेष्ठले भूमिहीन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगमार्फत काम सुरु गरिसकेको भन्दै बारम्बार उठिरहने भूमिसम्बन्धी समस्या दिगो रुपमानै समाधान गर्न आफू लागिरहेको पनि बताए ।
मन्त्री श्रेष्ठले संविधानमा भएको रोजगारीको हकको कार्यान्वयनका लागि सहिद, वेपत्ता परिवारका छोराछोरी, हरूवा चरवा र वादी समुदायका युवा तथा उनीहरूका सन्तानलाई विशेष नापीको तालिम सुरु गर्न लागिएको पनि बताए ।
मन्त्री श्रेष्ठले यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुुषा, सुनसरी, चितवन, काठमाडौंको कीर्तिपुर नगरपालिका, र भक्तपुको मध्यपुर ठिमि नगरपालिकाको गाउँब्लकमा रहेका भूूमिविहीनहरूलाई लालपुर्जा वितरण गरिसकेका छन् ।
मन्त्री श्रेष्ठले मन्त्रालय संहालेपछि हालसम्म देशभरको गाउँपालिकामा रहेका १५ हजार भन्दाबढी घरपरिवारलाई लालपुर्जा वितरण गरी सकिएको छ । २०२१ सालयता जग्गाको नापी हुँदा गाउँपालिकका रूपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपूर्जा विहिन बनिरहेकाहरूलाई लालपुुर्जा वितरण अभियान तीव्र पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्