‘स्वास्थ्य सेवा गाउँ–गाउँ र घर–घरमा पुग्छ’ «

‘स्वास्थ्य सेवा गाउँ–गाउँ र घर–घरमा पुग्छ’

नेपालगन्ज-उपप्रधान तथा स्वास्थ्य एवं जनसंख्या मन्त्री उपेन्द्र यादवले संविधानमा मौलिक हकको दर्जा पाएको स्वास्थ्य सेवालाई हरेक नेपालीको घरघरमा पु¥याउने कार्यमा सरकार लागेको बताएका छन् । उनले स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित नहोस् भन्ने उद्देश्यले हरेक वडामा स्वास्थ्य केन्द्र तथा हरेक गाउँपालिकामा अस्पताल निर्माण पक्रिया शुरु गरिएको बताए ।
जुम्लाबाट फर्केर यहाँ आएका उपप्रधानमन्त्री यादवले शनिबार संघीय समाजवादी फोरम बाँकेले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा यसैवर्ष देशभरीमा १२ सय अस्पताल निर्माण भइरहेको जनाए ।
बाँकेमा पश्चिम नेपालकै सबैभन्दा ठूलो अस्पताल बनाउने प्रक्रिया शुरु गरिएको जनाउँदै उनले भेरी अस्पताललाई ५ सय शैयाको अस्पताल बनाउन लागिएको जानकारी गराए । सरकारले विकास निर्माणलाई तिव्र पार्नुका साथै समृद्धिमार्फत् गरिबी र बेरोजगारी समाप्त गर्नका लागि पनि तिव्र गतिमा काम गरिरहेको उपप्रधानमन्त्री यादवले प्रष्ट पारे ।
बिसौं वर्षपछि जनताले विकासको अनुभूति गर्न थालेको भन्दै उनले लामो संघर्षपछि स्थापना गरिएको संघीयताकै कारण अहिले गाउँगाउँमा विकास पुग्न थालेको उनको भनाइ थियो ।
विकासले मात्रै जनताको पेट भर्न नसकिने जनाउँदै उनले सरकारले आर्थिक समृद्धि मार्फत् गरिबी र बरोजगारी अन्त्य गर्ने कार्यहरुलाई पनि पहिलो प्राथमिकतामा राखेको बताए । “देशका २८ प्रतिशत मधेशी, दलित र मुस्लिम जनता अझैपनि गरिब र निमुखा छन्, ती हिमाल, पहाड र मधेशमा बस्छन् । उनीहरुलाई आर्थिक रुपमा बलियो बनाउन आवश्यक छ,” उनले भने ।
संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका नेता यादवले मधेशका जनताले अझै पनि समानता लगायतका केही अधिकार नपाएकोले आफ्नो पार्टी संविधान संशोसधनका लागि सरकारमा सहभागि भएको प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्