Logo

उद्योग वाणिज्य संघ जुम्लामा देवकोटा

जुम्ला- उद्योग बाणिज्य संघ जुम्लामा अध्यक्ष पुरीचन्द्र देवकोटासहितको प्यानलै विजयी भएको छ ।
संघको १६ औं साधारण सभामा लोकतान्त्रिक र बामपन्थी प्यालनबीच भएको चुनावी प्रतिस्पर्धामा अध्यक्ष देवकोटासहितको लोकतान्त्रिक प्यालन विजयी भएको हो । ४ सय ६५ मतमध्य २ सय ६६ मत ल्याएर अध्यक्षमा पुरिचन्द्र देवकोटा विजयी भएका हुन् ।
उपाध्यक्षमा डम्बरकुमारी खड्का, गणेश रोकाया, र महासचिवमा टेकेन्द्र नगरकोटी, कोषाध्यक्ष देवेन्द्र आचार्यसहित १४ सदस्यीय लोकतान्त्रिक प्यालन विजयी भएको निर्वाचन अधिकृत दिलबहादुर महतले जानकारी दिए ।
अध्यक्षमा निर्वाचित भए पश्चात अध्यक्ष देवकोटाले आफ्नो कार्यकालमा निजी क्षेत्रको बृहत्तर हितका लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्