Logo

ओप्पोको एआई ब्युटी र फुल स्क्रिन डिस्प्ले हित ए८३ सार्वजनिक

 सेल्फी एक्स्पर्ट एन्ड लिडर, आप्ेपोले इन्ट्री लेभल क्यामेरा फोनअन्तर्गत नयाँओपो ए८३ सार्वजनिक गरेको छ । ए८३ मा यस मूल्य श्रेणीका फोनमा विरलै उपलब्ध हुने फुल स्क्रिन डिस्प्ले फिचर उपलब्ध छ । साथै, यसमा युवा पुस्तालाई वास्तविक तथा प्राकृतिक सेल्फी अनुभव प्रदान गर्ने उद्देश्यकासाथ एआई ब्युटी रिकग्निसन प्रविधि पनि उपलब्ध गरिएको कम्पनीले जनाएको छ । ३ जीबी ¥याम र ३ हजार १ सय ८० एमएएच ब्याट्री क्षमता सहितको यो फोनको मूल्य २४ हजार ९ सय ९० निर्धारण गरिएको भन्दै कम्पनीको नेपाल भर रहेका बिक्री केन्द्रमार्फत फोन कालो र सुनौलो रंगमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्