दर्जन बढी मोटरेबल पुल निर्माण हुँदै «

दर्जन बढी मोटरेबल पुल निर्माण हुँदै

डडेल्धुराका विभिन्न ग्रामीण सडकमा एकदर्जन बढी मोटरेबल पुलको निर्माणकार्य भइरहेको छ । जिल्लाको सातवटै स्थानीय तहका विभिन्न ग्रामीण सडकका नदी तथा खोलामा सानादेखि ठूला गरी एकदर्जन बढी पक्की मोटरेबल पुल निर्माण भइरहेका छन् ।
जसमध्ये पाँचवटा पुलको निर्माणकार्य सम्पन्न भइसकेको छ भने बाँकी पुलको निर्माणकार्य तीव्रगतिमा भइरहेको छ । चार पुलमध्ये अन्य सबै पुलको निर्माणकार्य चालू आवभित्र सम्पन्न हुने डिभिजन सडक कार्यालय कुलपाते डोटीका प्रमुख बलिराज मल्लले बताए । निर्माण भइरहेका अधिकांश पुलको निर्माण अवधि पूरा भई म्याद थप गरिएका छन् । विगतका वर्षमा निर्माणकार्य सुस्त रहेका र निर्माणकार्यलाई बीचमै रोकेका निर्माण व्यवसायी भने अहिले आएर निर्माणकार्यलाई तीव्रता दिएका हुन् ।
निर्माणाधीन अवस्थामा रहेका पक्की मोटरेबल पुलको निर्माण सम्पन्न भए पनि डडेल्धुराका सातवटै स्थानीय तहका सदरमुकामसम्म बाह्रै महिना सहज रूपमा यातायात सञ्चालन हुनुका साथै स्थानीयलाई आवतजावतका लागि सहज हुने भन्दै नवदुर्गा गाउँपालिका, भागेश्वर गाउँपालिका, अजयमेरु गाउँपालिकाका स्थानीय बासिन्दा खुसी भएका छन् । डडेल्धुरा र डोटीमात्रै नभई बैतडी जिल्लाका स्थानीयलाई पनि वर्षात्मा पनि सानो तथा ठूला गाडी सञ्चालन हुँदा खुसी भएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत डिभिजन सडक कार्यालय कुलपाते डोटीले डडेल्धुरामा एक दर्जन पक्की मोटरेबल पुलको निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्