नबिल बैंक र पर्यटन व्यवसायी महिला संघबीच साझेदारी «

नबिल बैंक र पर्यटन व्यवसायी महिला संघबीच साझेदारी

नबिल बैंक र पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) बीच साझेदारी भएको छ ।
महिला र युवाहरूमा क्युआर कोड र डिजिटल उत्पादनहरू प्रवद्र्धन गर्न बैंकले टेवानसँग साझेदारी गरेको हो ।
पोखरामा आयोजित एक कार्यक्रममा नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र टेवानको तर्फबाट अध्यक्ष रेनु थापाले साझेदारी पत्रमा हस्ताक्षर गरे ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले यसले महिला व्यवसायीलाई डिजिटल बैंकिंङ क्षेत्रमा आबद्ध गर्न सहज हुने बताए । उनले दिगो विकास गर्नमा कोसेढुंगा साबित हुने पनि बताए । टेवानका अध्यक्ष थापाले महिला व्यवसायीको प्रवर्धनमा बैंकसँग हातेमालो गर्दै अघि बढ्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्