ग्रीन भेन्चर्सको आईपीओ बिक्री खुला «

ग्रीन भेन्चर्सको आईपीओ बिक्री खुला

ग्रीन भेन्चर्स लिमिटेड आईपीओ मंगलबारदेखि निष्काशन तथा बिक्री खुला भएको छ ।
कम्पनीले ३१ करोड २५ लाख रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको जनाएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण सेयर निष्काशन गरेको छ । त्यसमा ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोष र २८ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको हो ।
कम्पनीको आईपीओमा ११ चैतसम्ममा आवेदन दिन पाइन्छ । उक्त अवधिमा सबै शेयर बिक्री नभए २२ चैतसम्म म्याद थप गरिनेछ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने बिक्री प्रबन्धक कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्