एमएडब्लू अर्थमुभर्स जेसीबीको नम्बर १ डिलर

एमएडब्लू अर्थमुभर्स प्रालि जेसीबी इन्डिया लिमिटेडको नम्बर १ डिलर बन्न सफल भएको छ । सन् २०१७ मा सबैभन्दा बढी जेसीबीका निर्माण उपकहरणहरूको बिक्री गरेर एमएडब्लू अर्थमुभर्स नम्बर १ डिलर बनेको हो । गएको एक वर्षमा एमएडब्लूले दुई हजार एक सय ४० वटा जेसीबी ब्रान्डका निर्माण उपकरणको बिक्री गरेको थियो ।
यो उपलब्धिसँगै एमएडब्लू अर्थमुभर्स दक्षिण एसियामा सर्वोत्कृष्ट र विश्वमा दोस्रो सर्वोत्कृष्ट डिलर बनेको छ । एमएडब्लू जेसीबीको ‘क्लब २०००’ को पहिलो सदस्यसमेत बनेको छ । जेसीबी इन्डियाको कुनै पनि डिलरले एक वर्षमा दुई हजारवटा मेसिन बिक्री गरेको यो पहिलो अवसर हो ।
जेसीबी इन्डियाले मंगलबार एक समारोहमा एमएडब्लूलाई यो सफलताका लागि सम्मान गरेको छ । कार्यक्रममा जेसीबी इन्डियाका सीईओ एवं प्रबन्ध निर्देशक विपिन सोन्धीले एमएडब्लू अर्थमुभर्सका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाललाई २००० क्लबको अवार्ड हस्तान्तरण गरे । यसका साथै, एमएडब्लू अर्थमुभर्स दक्षिण एसियामै सबैभन्दा बढी ब्याक हो लोडर, एस्काभेटर र ह्विललोडर बिक्री गर्न सफल डिलरसमेत बनेको छ । एमएडब्लू अर्थमुभर्सले सन् २००३ मा जेसीबीको डिलरसिप लिएको थियो ।
जेसीबी इन्डिया लिमिटेड बेलायतमा मुख्यालय रहेको बहुराष्ट्रिय कम्पनी हो । सन् १९४५ मा स्थापना भएको जेसीबी लिमिटेडका संस्थापक जोसेफल सिराइल बम्फार्डले सन् १९५३ मा ब्याक होलोडरको आविष्कार गरेका थिए । उनकै नामबाट कम्पनीको नाम जेसीबी राखिएको हो ।
बेलायत, जर्मनी, अमेरिका, अस्ट्रेलिया र भारतलगायतका देशमा रहेका रहेका २२ वटा प्लान्टबाट जेसीबीले तीनसयभन्दा बढी प्रकारका निर्माण र हेभि उपकरणको उत्पादन गर्दै आएको छ । विश्वको तेस्रो ठूलो निर्माण उपकरण निर्माता जेसीबीका मेसिनहरू संसारको १ सय ५० वटा मुलुकमा प्रयोग गरिन्छन् । जेसीबीले आफूलाई चाहिने इन्जिन, एक्सल, च्यासिस, क्याबिन, हाइड्रोलिक र ट्रान्समिसन आफैंले उत्पादन गर्दै आएका छ भने ‘रिसर्च एन्ड डेभलपमेन्ट’को क्षेत्रमा वार्षिक लाखौं डलर खर्च गर्दै आएको छ ।