दशक खेलाडीको अवार्ड क्रिकेटका पारस र फुटबलकी सावित्रालाई «

दशक खेलाडीको अवार्ड क्रिकेटका पारस र फुटबलकी सावित्रालाई

एक दशक नेपाली खेलकुदमा उत्कृष्ट प्रर्दशन सहित खेलकुदमा छाएका पारस खड्का र सोही विधामा महिला तर्फ फुटबलकी शावित्रा भण्डारीले दशक अवार्डको उपाधि हात पार्न सफल भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबार आयोजना गरेको १८ औं संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्र्तगत दशक उत्कृष्ट खेल प्रर्दशन गरेका खड्का र भण्डारीलाई अवार्ड प्रदान गरेको हो ।
अवार्डको साथमा खेलाडीहरुले एक÷एक वटा बजाज पल्सर मोटरसाइकल उपहार समेत प्राप्त गरेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान खड्काले २०१० विश्व क्रिकेट लिग डिभिजन ५ विजेता हँुदा नेपालको तर्फबाट सर्वाधिक २ सय ५० रनको योगदान दिएका थिए । त्यस्तै खड्काले सन् २०११ मा नेपाललाई पहिलो पटक एसीसी टी–ट्वान्टी कपको सेमिफाइनलमा पु¥याउनुका साथै विश्वकप छनोटमा पु-याउन १ सय १ रन बनाउनु साथै ७ विकेट लिएका थिए । २०१२ मा विश्व क्रिकेट लिग डिभिजन ४ को नेपाल विजेता बन्दा पारसले ९ विकेट लिएका थिए ।
सावित्राले नेपाललाई साफमा दुई तथा सागमा पनि नेपाली महिला टोलीलाई दुई वटा रजत पदक दिलाउन महत्वपूर्ण भुमिका खेलेकी थिइन् । उनले नेपालबाट खेलेको ४० खेलमा सर्वाधिक ३८ गोलको कीर्तिमान बनाएकी छन् । नेपालको खेलकुदको विकास र खेल पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान दिएका पूर्व राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव शरदचन्द्र शाहलाई मरणोपरान्त सम्मान सहित लाइफटाइम अचिभमेन्ट अवार्डबाट विषेश सम्मान गरिएको छ । उनको परिवारजनलाई उक्त सम्मान अर्पण गरिएको हो । २०३४ देखि २०४५ सम्म खेलकुद को ११ वर्षे शासनकालमा उनले नेपाली खेलकुदको विकासमा महत्वपूर्ण योगदान दिए । राखेपको सदस्य सचिवको रुपमा शाहले बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको सुरु गरेदेखि अन्तर नगर खेलकुदको आयोजना गर्नुका साथै अन्तर्राष्ट्रिय रुपमा दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको समेत सुरु गरेका थिए ।
त्यस्तै उक्त अवार्ड अन्र्तगत उत्कृष्ट दशक प्रशिक्षकमा क्रिकेटका जगत टमटाले उक्त अवार्ड प्राप्त गर्न सफल भए । पिपल्स च्वाइस विधामा टेबलटेनिसकी एलिना महर्जनले उपाधि हात पार्न सफल भइन् । उनले ४७.८३३ प्रतिशत अंक सहित अन्य ४ खेलाडीलाई पछि पार्दै अवार्ड जितेकी हुन् । यस विधामा ५ जना खेलाडी फुटबलकी एन्जिला तुम्बापो सुब्बा, टेबलटेनिसकी एलिना महर्जन, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल प्रतिस्पर्धामा थिए ।
सरिता थुलुङ पारा एथलिट, स्पेसल अवार्डबाट पुष्पा भण्डारी सम्मानित भएका छन् । टिम अफ द इयरबाट फुटवल टिम (पुरुष) र अन्तर्राष्ट्रिय खेल पत्रकार सम्मानबाट विदेशी खेल पत्रकार सद्धाम सम्मानित भए । विभिन्न विधाका विजेतालाई अवार्डको साथमा जनही ५० हजार रुपैयाँ समेत प्रदान गरिएको छ । उपाधि विजेता खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज, एनआरएनका पूर्व अध्यक्ष भवन भट्ट, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं हंशराज हुलासचन्द एण्ड कम्पनीका अध्यक्ष शेखर गोल्छा लगायतले पुरस्कार वितरण गरेका थिए ।
गत बर्ष कोरोनाले गर्दा खेलुकद गतिविधि खासै नभएकोले यसपटक अवार्डलाई ‘दशक अवार्ड’ को रूपमा आयोजना गरिएको मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले बताए । पल्सर स्पोर्ट्स अवार्डको यस संस्करणमा विभिन्न १० विधामा प्रदान गरिएको हो । अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्