पोखरामा निशानको टेरानो बिक्री सुरु «

पोखरामा निशानको टेरानो बिक्री सुरु

पर्यटकीय नगरी पोखरामा विश्वप्रख्यात निशान ब्रान्डका गाडीहरूको बिक्री वितरण सुरु भएको छ । सिभिको ग्रुपअन्तर्गत गण्डकी–धौलागिरि क्षेत्रका लागि निशान ब्रान्डका गाडीहरूको आधिकारिक विक्रेता प्रिमियम मोटर्स प्रालि पोखराले उक्त गाडीहरू बिक्री गर्न सुरु गरेको हो । नेपालका लागि यसको आधिकारिक विक्रेता भने पायोनियर मोटोकर्प छ ।
न्यू–टेरानोमा प्रिमियम डुअलटोन इन्टेरियर, लेदर सिट, कुजकन्ट्रोल, ७.० इञ्च टच स्क्रिन नेभिगसन, न्यू–स्टिरिङ, माउन्टेन÷अडियो÷फोन कन्ट्रोल र वानटच लेन इन्डिकेटर लगायतका २२ नयाँ आकर्षक विशेषताहरू रहेको कम्पनीले जनाएको छ । शक्तिशाली इञ्जिन ११० पीएस (डिजेलटीएचपी) र १.६ लि. (१०४ पीएस) पेट्रोलको लागि रहेको र सुरक्षाका लागि डुअलफ्रन्ट एयरब्याग, हिल एस्र्टाट एसिस्ट एबीएस, ईबीडी, बीए र ईएसपीको साथमा रहेको सिभिको ग्रुपका प्रबन्धनिर्देशक सिरोज विजय कोइरालाले बताए । उनकाअनुसार न्यू–टेरानोमा ६ स्पिड अत्याधुनिक अटो ड्राइभमा पनि उपलब्ध छ । जसमा गियर सिस्टम कम्प्युटरद्वारा नियन्त्रण गरिन्छ ।
सिभिको ग्रुपका प्रबन्धनिर्देशक कोइरालाले सबैभन्दा सुरक्षित, प्रिमियम ह्याचब्याककै मूल्यमा लक्जरी र सेफ्टी फिचर भएको एसयूभी न्यू–टेरानो युवापुस्तालाई लक्षित गरिएकाले ग्राहकवर्गलाई स्मार्ट र बोल्डको अनुभूति गराउने दाबी गरे । निशानको टेरानो प्रतिस्पर्धी मूल्य ४३ लाखदेखि ५४ लाख रुपैयाँसम्ममा उपलब्ध रहेको उनले जनाए ।
यसैबीच, विश्वका धेरै अवार्ड जित्न सफल पहिलो गाडी कम्प्याक्ट एसयूभी न्यू–टेरानो मंगलबारसाँझ पोखरामा सार्वजनिक गरिएको छ । सिभिको ग्रुपका अध्यक्ष सुन्दर विजय कोइराला र निर्देशक लक्ष्मण पोखरेलले पोखरामा न्यू–टेरानो गाडी एक औपचारिक कार्यक्रमका बीच सार्वजनिक गरेका हुन् । टेरानोमा उकालो–ओरालो यात्रालाई सहज बनाउन ‘हिल स्टार्ट एसिस्ट’ सुविधा रहेको र उकालो र ओरालोमा कारलाई समान गतिमा दौडाउन मद्दत गर्ने कम्पनीको दाबी छ ।
उत्पादक कम्पनी निशानमोटरले १ वर्ष अथवा २० हजार किमीको वारेन्टी उपलब्ध गराए पनि नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले २ वर्ष अथवा ५० हजार किमीको वारेन्टी उपलब्ध गराएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्