नवजीवन सहकारीको अध्यक्षमा बम निर्वाचित «

नवजीवन सहकारीको अध्यक्षमा बम निर्वाचित

धनगढी- नवजीवन सहकारी संस्थाको २८ औं साधारण सभाबाट सञ्चालक समितिको अध्यक्षमा देवबहादुर बम निर्वाचित भएका छन् ।
बमले प्रतिद्वन्द्वी रतबहादुर कठायतलाई एक हजार ३०८ मतले पछि पार्दै सञ्चालक समिति अध्यक्षमा निर्वाचित भएका हुन् । बमले ८ हजार ३९१ मत प्राप्त गरेका छन् भने कठायतले सात हजार ८३ मत प्राप्त गरे ।
सञ्चालक समिति उपाध्यक्षमा चेतराज ओझाले सात हजार ३२९ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी भरतराज जोशीले छ हजार ८७२ मत प्राप्त गरे । लेखा सुपरीवेक्षण समिति संयोजकमा चेतराज जोशीले सात हजार १६५ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्दी मदनराज ओझाले छ हजार ४४७ मत प्राप्त गरे ।
सञ्चालक समिति सदस्यमा इन्दिरा जैसी, उत्तम जोशी, गोपालराज पाठक, केशवराज मिश्र, महेशराज विष्ट, घनबहादुर शाह, उपेन्द्र विष्ट, शिवकुमार जोशी (फुलारा), गणेश बम, जयराज जोशी, र विश्वनाथ ओझा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्