महोत्सवको टिकटबाट १० रुपैयाँँ सामाजिक क्षेत्रमा खर्च हुने
लमजुङ-चैतको अन्तिम साता हुने सातौं लमजुङ महोत्सवमा प्रवेश टिकटको रकममध्ये १० रुपैयाँ सामाजिक क्षेत्रमा खर्च हुने भएको छ ।
महोत्सव आयोजक लमजुङ उद्योग वाणिज्य सघले सोमबार पत्रकार भेटघाट गरी महोत्सवका गतिविधीबारे जानकारी गराएको हो । संघले विगतका वर्ष झै यस वर्ष पनि महोत्सवमा बिक्री भएका टिकटबाट प्रति टिकट सामाजिक क्षेत्रमा खर्च गर्ने जनाएको हो । जसमध्ये प्रति टिकट दुई रुपैयाँ नेपाल पत्रकार महासंघ लमजुङलाई प्रदान गर्ने भएको छ । पत्रकार महासंघ लमजुङ शाखाको भवन निर्माणार्थ प्रतिटिकट दुई रुपैयाँ सहयोग गर्ने निर्णय भएको महोत्सव मुल आयोजक समितिका संयोजक एवं लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले बताए ।
आयोजकका अनुसार सहजीखेल मैदान विकास समितिका लागि प्रतिटिकट दुई रुपैयाँ, विपद व्यवस्थापन कोषका लागि तीन रुपैयाँ, आदर्श महिला तथा बालविकास केन्द्रलाई एक रुपैयाँ, मानव सेवा आश्रमलाई एक रुपैयाँ र सर्वोदय जेष्ठ नागरिक आरोग्य आश्रमलाई प्रति टिकट एक रुपैयाँ सहयोग गर्ने भएको हो ।
२५ चैतदेखि ४ वैशाखसम्म हुने महोत्सवको तयारी तीव्र पारिएको संघले जनाएको छ । महोत्सवलाई सभ्य र भव्य बनाउनका लागि हाल मुल आयोजक समिति, सल्लाहकार समिति, विभिन्न उपसमिति गठनको प्रक्रियामा रहेको अध्यक्ष सिलवालको भनाइ छ । बेसीशहरको सहजी मैदानमा हुने महोत्सवका लागि जग्गा व्यवस्थापन, अन्य सरोकारवालासँगको छलफल तथा अन्य व्यवस्थापनका विषयमा पनि व्यापक तयारीमा जुटेको संघले जनाएको छ ।
जिल्लामा रहेका परम्परागत कला संस्कृतिको जगेर्ना, व्यावसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जलविद्युत क्षेत्रमा लगानीमैत्री वातावरण तथा व्यापार व्यवसायलाई प्रदेशस्तरसम्म प्रवद्र्धन गर्ने एवम् स्थानीय समुदायलाई मनोरन्जन प्रदान गरी जिल्लाको आर्थिक विकासमा टेवा पु-याउने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको संघले जनाएको छ ।
महोत्सवमा जिल्लाका पर्यटकीय स्थानहरुको प्रचार प्रसार गरी समग्र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने, जिल्लामा औद्योगिक, व्यवसायिक कृषि, पशुपालन र जडिबुटीको प्रवद्र्धन गरी जिल्लालाई आत्मनिर्भर बनाइ समग्र जिल्लाको आर्थिक बिकासमा टेवा पु-याउने लगायतका उद्देश्य रहेको बताइएको छ ।
महोत्सवमा जिल्लाको पहिचान बन्दै गएको अल्लो, अलैंची, चिया, कफी, सुन्तला र मह प्रर्वद्धन गर्न सहयोग गर्ने, होमस्टेहरुलाई महोत्सव मार्फत् प्रवद्र्धनात्मक कार्य गर्ने, स्थानीय तथा प्रदेशस्तरका उद्योग, व्यापार, हस्तकलाको प्रवद्र्धन गर्न सहयोग गर्ने, स्थानीय, परम्परागत सीप र प्रविधिको प्रवद्र्धन गर्ने, स्थानीय प्रतिभाहरुको प्रस्फुटन गर्ने, स्थानीय कला, संस्कृति, साहित्य, गीत संगीतको जर्गेनाका लागि विबिध गतिविधी गरिने आयोजकले जनाएको छ ।