टीसीएलको ‘लकरमा भयंकर’ अफर «

टीसीएलको ‘लकरमा भयंकर’ अफर

टीसीएलले नयाँ वर्ष–२०७६ लाई लक्षित गरी क्यास ब्याक तथा ‘लकरमा भयंकर’ अफर ल्याएको छ । यस वर्ष टीसीएल ब्रान्डले नयाँ वर्षलाई लक्षित गर्दै ग्राहक माझ आफ्ना घरायसी सामग्रीहरूमा २ सय ५५ रुपैयाँसम्मको क्यास ब्याक प्रदान गर्ने भएको छ । यस वर्ष थप प्रिथक उपहार आयोजना पनि ल्याएको छ जसलाई लकरमा भयंकर नामले जनाएको छ । यस योजनामा सहभागी हुन ४० इन्चभन्दा माथिको स्मार्ट टिभी खरिद गर्नुपर्नेछ ।
उक्त खरिदपश्चात् ग्राहकहरूले एउटा स्क्याच कार्ड प्राप्त गर्नेछन् । ग्राहकले स्क्याच कार्डमा गिफ्ट अथवा कि पाउनेछन् । कि पाउने विजेताले स्क्र्याच कार्ड सुरक्षित राख्नुपर्नेछ र अन्त्यमा एक कार्यक्रम आयोजना गरी लकरमा भएको भयंकर उपहार प्राप्त गर्न सकिनेछ । यो योजना शुक्रबारदेखि नेपाल अधिराज्यभर सीमित अवधिका लागि प्रदान गरिने कम्पनीले जनाएको छ । नेपालका लागि टीसीएल ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्स हो ।

प्रतिक्रिया दिनुहोस्