सिटिजन इन्स्योरेन्सको प्रिमियम भुक्तानी खल्तीबाट गर्न सकिने

सिटिजन लाइफ इन्स्योरेन्सका सबै बिमा ग्राहकहरुले ‘खल्ती’बाट सिधै आफ्नो बिमा प्रिमियम तिर्न सक्ने भएका छन् ।
डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्न सजिलो बनाउने उद्देश्यले यो अभियान थालिएको कम्पनीले जनाएको छ । यो सेवाले समयको कमिका कारण ढिलो भुक्तानी गर्ने वा अफिस जानका लागि समय निकाल्ने ग्राहकका लागि केही ट्यापमै बिल भुक्तानीलाई सजिलो बनाउने लक्ष्य राखेको छ ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “हाम्रा प्रयोगकर्ताहरूले डिजिटल बानी अपनाउन यस प्रकारको कुनै पनि प्रकारको वित्तीय लेनदेनहरू निर्वाध रूपमा कार्यान्वयन गर्न सक्ने सुनिश्चित गर्न काम गरिरहेका छौं र उनीहरूले समय र पैसा दुवै बचत गर्न सकून् ।”
५ हजार प्रिमियम भुक्तानीका लागि प्रयोगकर्ताहरूले खल्तीसँग आफ्नो केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गर्नुपर्ने कम्पनीले जनाएको छ ।