श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको सहयोग

भैरहवा-श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले संस्थागत समाजिक उत्तरदायित्व अन्र्तगत रुपन्देहीका २ स्थानमा डष्टबिन हस्तान्तरण गरेको छ ।
फाइनान्सले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं १० लक्ष्मीपुर स्थित लुम्बिनी ज्ञान प्रभा आधारभूत स्कुल मा ८ थान तथा सिद्धार्थनगर नगरपालिका वडा नं ०८ भैरहवा नारायणपथ स्थित श्री नाराणस्थान मन्दिर मा ४ थान डष्टबिन हस्तान्तरण गरेको फाइनान्सका भैरहवा शाखा प्रबन्धक विकाश श्रेष्ठले बताए ।
डष्टबिन वितरण कार्यक्रममा फाइनान्सको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत खिमबहादुर कार्कीले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भिक्षुणी खमेशी तथा प्रार्चाय मोतिलाल यादवलाई हस्तान्तरण गरेका थिए । साथै श्री नाराणस्थान मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष विष्णु उपाध्यायलाई डष्टबिन हस्तान्तरण गरीएको थियो ।
काठमाडौंको डिल्लीबजारमा केन्द्रिय कार्यालय रहेको राष्ट्रियस्तरको यस फाइनान्सले विराटनगर, काठमाडौं, नवलपुर, रुपन्देही, कपिलवस्तु, सल्यान र रुकुम पश्चिम गरी १३ वटा शाखा कार्यालयमार्फत वित्तीय सेवा प्रदान गरीरहेको छ ।