Logo

अञ्जन विष्ट माछापुच्छ्रे स्कुलको ब्रान्ड एम्बेसडर

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्ट माछापुच्छ्रे स्कुलको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । शनिबार ललितपुरको कुसुन्तिमा रहेको स्कुल परिसरमा आयोजित कार्यक्रमबीच अञ्जनलाई खेलकुद दूतको रुपमा सार्वजनिक गरिएको हो ।
स्कुलका अध्यक्ष विनोद यादव र अञ्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अवधि दुई वर्षको छ । सम्झौतासँगै अञ्जनले स्कुलको एकेडेमी तथा खेलकुद विकासमा सहयोग गर्ने छन् । माछापुच्छ्रे स्कुलका अध्यक्ष यादवले नेपाली फुटबल टिमका कि प्लेयर विष्टलाई आफनो स्कुलमा आवद्ध गर्न पाउँदा खुशी भएको बताए । अञ्जनले स्कुलको खेलकुदमा आफूले सक्दो सहयोग गर्ने र बालबालिकाको खेलकुद प्रतिको लगावलाई बढाउन आफूले भरमग्दुर सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्