भारतीय अर्थतन्त्रमा महिला समावेश हुनुपर्छ : लेगार्ड

भारतले अर्थतन्त्रमा महिलालाई समावेश गर्नुपर्ने अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिस्टिना लेगार्डले बताइन् । भारतले ७.४ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने कोषले प्रक्षेपण गरेको उनले दोहोरायाइन् ।
भारतको ग्रामीण क्षेत्रमा महिलामाथि उच्च भेदभाव हुँदै आएको प्रति चासो व्यक्त गर्दै यो विषयलाई तत्काल सम्बोधन गर्नु आवश्यक भएको पनि उनले बताइन् । भारतले आफ्नो अर्थतन्त्रमा महिलाको समावेशीलाई ध्यान दिनेमा आफूले आशा व्यक्त गरेको पनि उनले बताइन् ।
यदि महिलालाई पुरुषकै समान रूपमा आर्थिक र कार्यबलमा सहभागी गराउने हो भने भारतले २७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने उनले बताइन् ।
वल्र्ड इकोनोमिक फोरम (डब्लूईएफ) मा सबै महिलाको सहअध्यक्षता गर्दै उनले यस्तो बताएकी हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले डब्लूईएफलाई डाभोसमा सम्बोधन गर्नु एक दिनअघि कोषले आगामी वर्ष भारतले ७.८ प्रतिशत र यो वर्ष ७.४ प्रतिशतको वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको थियो । चीनका लागि भने कोषले ६.८ प्रतिशतको आर्थिक वृद्धिको प्रक्षेपण गरेको छ ।
२०१७ मा भारतको वृद्धि ६.७ प्रतिशतमा झरेको थियो । २०१६ मा भारत विश्वका ठूला अर्थतन्त्रमध्ये तीव्र वृद्धिको अर्थतन्त्र भएको थियो । यसमा २०१६ को अन्त्यमा कार्यान्वयनमा ल्याइएको अमौद्रीकण र जीएसटीको कार्यान्वयनको असर परेको थियो । २०१६ मा भारतीय अर्थतन्त्र ६.७ प्रतिशतमा झरेको थियो ।