ट्राफिक कारवाहीबाट करिब चार लाख राजस्व संकलन «

ट्राफिक कारवाहीबाट करिब चार लाख राजस्व संकलन

खोटाङ- जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले फागुन महिनमा ट्राफिक नियम उल्लंघन गरी सञ्चालन गरिएका सवारी साधन कारबाहीबाट ३ लाख ६३ हजार राजस्व संकलन गरेको छ ।
सवारी नियम उल्लंघन गरी सञ्चालन भएका ५ सय वटा साधन कारबाहीबाट उक्त रकमको राजस्व संकलन भएको ट्राफिक प्रहरी इन्चार्ज दलबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार एक महिना सबैभन्दा बढी १ सय ९२ वटा मोटसाइकल कारबाहीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्