भारतीय लगानी भित्र्याउन विशेष पहल गर्न आग्रह

भारतका लागि नेपालका नवनियुक्त राजदूत डा. शंकर शर्मालाई नेपालमा भारतीय लगानी भित्र्याउन विशेष पहल गर्न नेपाल–भारत उद्योग वाणिज्य संघले आग्रह गरेको छ ।
आइतबार नेपाल–भारत उद्योग वाणिज्य संघमा नवनियुक्त राजदूत शर्मालाई स्वागत गर्दै संघकी अध्यक्ष सृजना राणाले नेपालले भारतसँगको ब्यापार घाटा कम गर्न उत्पादन क्षमतामा वृद्धि गर्नुका साथै निकासी अभिवृद्धिमा ध्यान पु-याउन आग्रह गरिन् ।
नेपालमा भारतीय धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कफीटेबल बुक तथा वेबसाईट निर्माणको क्रम अन्तिम चरणमा रहेको भन्दै अध्यक्ष राणाले सो कार्यमा नेपाली दूतावासको पनि सकृय सहयोग र सहभागिता हुनुपर्ने बताइन् ।
संघका उपाध्यक्ष सुनिल केसीले नेपालमा आउन चाहने साना तथा ठूला भारतीय लगानीकर्तालाई दूतावासले सहजीकरण गर्न सकिने र त्यसका लागि नवनियुक्त राजदूत शर्माको भूमिका तथा विशेषज्ञता प्रभावकारी हुने बताए । उनले भारतबाट विशेष गरी सूचना प्रविधिका क्षेत्रमा र साना तथा मझौला उद्योगको क्षेत्रमा लगानी भित्र्याउन सकिए भारतबाट नेपालमा आउने लगानीको क्षेत्रमा सुधार हुन सक्ने बताए ।
नेपालमा सञ्चालित भारतीय लगानीका उद्योग तथा कम्पनीहरुको तर्फबाट संघका उपाध्यक्ष सैवाल घोषले नेपालमा बौद्धिक सम्पत्ति, पेटेन्ट डिजायन र ट्रेडमार्क, विदेशी लगानीमा सञ्चालित कम्पनीहरुले आप्mनो माउ कम्पनीबाट उत्पादित केही प्रमुख वस्तुहरुको बजारको आकारको हिसाबले नेपालमा लगानी गर्न सम्भव नहुने भएकाले त्यस्ता वस्तुलाई माउ कम्पनीबाट आयात गरेर नेपाली बजारमा बिक्री बितरण गरेर सो को बजार परिक्षण गर्ने तथा लगानीको प्रतिफल भारत फिर्ता लाने लगायत विदेशी कम्पनीबाट लिईएको सेवा वापत गर्नुपर्ने भुक्तानीका सम्बन्धमा देखिएका समस्या तत्काल समाधान गर्नुपर्ने बताए ।
संघका कोषाध्यक्ष ज्ञानेन्द्र लाल प्रधानले नेपालमा भएका असीमित उर्जा सम्भावना र त्यसमा वैदेशिक लगानीका लागि गर्न सकिने विभिन्न सम्भावना, तथा हाल दुई देशबीच परीक्षणको रुपमा भैरहेको विद्युत व्यापार, कर्णाली चिसापानी लगायतका ठूला आयोजनामा लगानीको पुरानो मोडललाई नया“ तरिकाले दीर्घकालीन र नेपाललाई तत्काल आर्थिक भार नपर्ने गरी गर्न सकिनेबारे थप छलफल गर्न सकिने बताए ।
राजदूत डा. शर्माले संघले उपलब्ध गराएको सुझाव कार्यान्वयनका लागि पहल गर्ने बताए । उनले संघले प्रस्ताव गरेका नेपाल भारत साझेदारी सम्मेलन, काठमाडौ–कोलकता फोरमजस्ता कार्यक्रममा सहकार्य गर्ने बताए ।