Logo

प्रदर्शनीले स्थानीय उद्यमीलाई प्रोत्साह

दाङ औद्योगिक, मा स्थानीय कृषि उत्पादन तथा लघुु उद्यमसँग सम्बन्धित बस्तुहरु प्रदर्शनीमा राखिएका छन् ।
जिल्लामा हुने यस्ता कृषि तथा औद्योगिक प्रर्दशनीमा स्थानीय स्तरमै उत्पादन भएका कृषिजन्य तथा औद्योगिक वस्तुले प्रवद्र्धनसँगै बजारीकरण गर्ने मौका पाउने गरेका छन् । महिला सामुदायिक सेवा केन्द्रकी चन्द्रावती पाण्डेले संस्थामा आवद्ध भएका सदस्यहरुले उत्पादन गरेका कृषि सामग्री बजार प्रवद्र्धनका लागि यस्ता मेला महोत्सव सहयोग पुग्ने गरेको बताइन् ।
कृषि प्रदर्शनीका लागि जुम्ला, कालीकोट लगायतका जिल्लामा उत्पादित सिमी खरीद गरी दाङसम्म ल्याइएको छ । आफूहरुले उत्पादन गरेको वस्तु खरिदका लागि प्रदर्शनीमा आउने मध्ये धेरैले जानकारी लिने तथा सामान पनि खरिद गरेर लैजाने गरेको व्यवसायीहरु बताउँछन् । गुल्मी, पाल्पा, प्यूठान, रोल्पा लगायतका जिल्लाबाट कच्चा सामग्री ल्याएरबनाइएका विभिन्न थरीका खाद्य सामग्री प्रदर्शनीमार्फत बिक्री गर्दै आएको उद्यमी धनबहादुर रोकायले बताए ।
दाङ जिल्ला उद्योग वाणिज्य संघले कृषि प्रदर्शनीका लागि विशेष प्राथमिकता दिएको बताएको छ । संघले कृषि प्रदर्शनी गर्नेहरुको लागि विशेष छुटको व्यवस्था गरेको प्रंदर्शनी मूल आयोजक समिति संयोजक टंकसिंह बुढाथोकीले बताए । कृषि प्रदर्शनीमा महिला उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको बजारीकरणका लागि स्टल निःशुल्क गरिएको समेत उनले बताए । प्रदर्शनीमा अल्लोबाट निर्मित कपडा, झोला तथा थारु संस्कृति झल्कने महिला उद्यमीहरुले बनाएका ढकिया लगायतका स्टलहरु छन् ।
कृषिसँग सम्बन्धित १५ र लघु उद्यमसँग सम्बन्धित १७ वटा स्टल रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्