‘समय फल्चा’पुनर्निर्माण

ललितपुर-करिब २०८ वर्ष पुरानो ऐतिहासिक सम्पदा ‘समय फल्चा’को पुनर्निर्माण सम्पन्नभएको छ ।
विभिन्न मुद्दा मामिलाकाकारण पुनर्निर्माणको काम अघि बढाउन नसकिएको ललितपुरको पुल्चोकमा रहेको सो पार्टीको शनिबार उद्घाटन गरिएको हो । २०६५ सालमा सर्वोच्चअदालतले पुनर्निर्माणको कामगर्न आदेश दिँदापनिबन्ननसकेको सो सम्पदाको पुनर्निर्माणको हालआएर सम्पन्नगर्न पाएकोमाललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले खुसीव्यक्तगने ।
सो पार्टी नबनाउनमागगर्दै लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले जिल्लाअदालत पाटनमा समेत मुद्दा हालेको थियो । तर अन्तिममाउच्चअदालतले पाटनले समेत बनाउनकालागि फैसला गरेपछि यसको उद्घाटन गर्ने अवसर मिलेको मेयर महर्जनले बताए। उनले सम्पदाप्रेमीले समेत चिन्ताव्यक्त गरेको सो सम्पदापुनर्निर्माण गर्न पाउँदापुल्चोककानगरबासी समेत हर्षित भएको बताए । सम्पदाको संरक्षण गर्ने विषयलाई मुद्दा मामिलाबनाइएकाले यसको पुनर्निर्माणको काममा ढिलाइ हुनगएको ललितपुर महानगरपालिकाले जनाएको छ ।