Logo

पुरानो मेडिकल कलेज चितवनको निःशुल्क दन्त शिविर

कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा निःशुल्क दन्त शिविर हुने भएको छ ।
विश्व मुख स्वास्थ्य दिवस (ओरल हेल्थ डे) को अवसर पारेर आइतबार शिविर आयोजना गरिएको हो । शिविर अस्पतालको दन्त रोग भवनमा सञ्चालन हुने डेण्टल विभागका डा. सफल ढुंगेलले जानकारी दिए ।
शिविरमा ओपिडि टिकट, दाँत निकाल्ने, दाँतको सामान्य भराई, परामर्श निःशुल्क दिइने छ भने अन्य सेवामा १० प्रतिशतको छुटको व्यवस्था रहेको डा. ढुंगेलले जानकारी दिए । अस्पतालले विभिन्न अवसरमा अस्पताल तथा समुदायमा पुगेर शिविर सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्