फोनपेको ‘झट्ट ट्रान्सफर चट्ट कार’ योजनका विजेता घोषणा

भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले दोस्रोपटक सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर चट्ट कार’ योजनाअन्तरगत बम्पर उपहारमा मोरङका कमल चुडालले हुन्डाईको स्यान्ड्रो गाडी जितेका छन् ।
उनले सनराइज बैंकबाट रकम ट्रान्सफर गर्दा बम्पर उपहारस्वरूप स्यान्ड्रो जितेका हुन् । उनलाई फोनपेका एसिस्टेन्ट सीईओ दिवस सापकोटा र बैंकका नायम महाप्रबन्धक अपछकुमार यादवले गाडीको साँचो हस्तान्तरण गरे ।
यो वर्ष फोनपेले ३१ असोज देखि १६ पुससम्म योजना सञ्चालन गरेको थियो । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न ७६ दिनसम्म सञ्चालन भएको यस योजनामा ७५ जनाले आइफोन १३ जित्न सफल भएको जनाइएको छ ।