Logo

सगरमाथा इन्स्योरेन्सद्वारा एम्बुलेन्स हस्तान्तरण

सगरमाथा इन्स्योरेन्स कम्पनीले स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
कम्पनीले उदयपुर सिमेन्ट उद्योग र देउरी स्वास्थ्य चौकीको संयुक्त व्यवस्थापनमा सञ्चालन गर्ने गरी सगरमाथा इन्स्योरेन्स कम्पनीले उक्त स्वास्थ्य चौकीको पुनर्निर्माण तथा एउटा एम्बुलेन्स खरिदका लागि १५ लाख बराबरको रकम उपलब्ध गराएको हो ।
त्रियुगा नगरपालिका–६ स्थित स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले देउरी स्वास्थ्य चौकीलाई उपलब्ध गराएको उक्त एम्बुलेन्सको साँचो त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीलाई हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वलाई मनन गरेर आपतकालिन अवस्थामा यस क्षेत्रका बासिन्दाको स्वास्थ्य सेवालाई ध्यानमा राखी एम्बुलेन्स सेवालाई सहज बनाउने उद्देश्यले उदयपुर सिमेन्ट उद्योगको अनुरोधलाई स्वीकार गरी एम्बुलेन्स उपलब्ध गराइएको बताए । उनले स्वास्थ्य चौकीमा एम्बुलेन्सको उपलब्धता पश्चात यस वरपर क्षेत्रका स्थानीयलाई स्वास्थ्य सेवा लिन सहज हुने बताए ।
कार्यक्रममा एम्बुलेन्स र प्रयोगशालालाई आवश्यक पर्ने प्राविधिक जनशक्ति व्यवस्थापनका लागि उदयपुर सिमेन्ट उद्योगका तर्फबाट महाप्रवन्धक गोपीकृष्ण न्यौपानेले देउरी स्वास्थ्य चौकीलाई ७ लाखको चेकसमेत हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्