नबिल बैंक र नेपाल मोबाइल वितरक संघबीच सम्झौता «

नबिल बैंक र नेपाल मोबाइल वितरक संघबीच सम्झौता

नबिल बैंकले साना तथा मझौलास्तरका मोबाइल बिक्री–वितरण गर्ने व्यवसायीहरूको वित्तीय आवश्यकता समाधान गर्ने उद्देश्यले नेपाल मोबाइल वितरक संघसँग सम्झौता गरेको छ ।
सम्झौताअन्तर्गत मोबाइल वितरकको सञ्जालमा रहेका खुद्रा बिक्रेतालाई लक्षित गरी बैंकले सहुलियत ब्याजदर र धितो अनुपातमा चालु पुँजीमा लगानी गर्ने उद्देश्यका साथ च्यानल फाइनान्सिङ कर्जा सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ ।
आफ्नो व्यवसायको आवश्कता बमोजिम मोबाइल वितरकले बैंकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ सेवा सुविधा प्राप्त हुने सम्झौतामा उल्लेख छ । सम्झौतापत्रमा नबिल बैंकका साना, मझौला तथा लघुवित्त कर्जा प्रमुख निरजकुमार बस्नेत (डनिल) र नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याड्योले हस्ताक्षर गरेका छन् ।
यस साझेदारीअन्तर्गत संघसँग आबद्ध भएका नेपालभरि छरिएर रहेका मोबाइल वितरक व्यवसायीको वित्तीय आवश्यकता सरल र सहज ढंगले समाधान गर्ने लक्ष्य रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्