सिटिजन लाइफ र खल्तीबीच साझेदारी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले अनलाईन पेमेन्ट सिस्टम खल्तीसँग साझेदारी गरेको छ । कम्पनीले ग्राहकलाई सरल तथा सुलभ सेवा पु-याउने उद्देश्इले खल्तीसँग सो सम्झौता गरेको जनाएको छ ।
यस साझेदारीले बिमा शुल्क भुक्तानीका लागि सहज र सरल भएको र सिटिजन लाइफका उपभोक्तालाई थप नयाँ सुविधा प्रदान गरेको छ ।
सिटिजन लाइफ इन्स्योरेन्सको ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत अनलाइनमार्फत बिमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि विगतदेखि नै सञ्चालनमा रहेको छ । कम्पनीले विभिन्न तालिम डिजिटल माध्यमबाट सञ्चालन गरिरहेको जनाएको छ । ग्राहक तथा अभिकर्तालाई कार्यालयसम्म आउनु पर्ने अवस्थालाई सहज बनाई ‘डिजिटल सिटिजन’ सञ्चालन गरेको कम्पनीको भनाइ छ ।