Logo

नेसनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष सिंहले लिइन् शपथ

नेसनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कम्पनीका अध्यक्ष सिंहलाई एक कार्यक्रमका बीच ‘बिमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५’ अनुसार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
२९ फागुनमा भएको ३३ औं वार्षिक साधारण सभाबाट कम्पनीको सञ्चालक समिति पुनर्गठन भई सिंह सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतिबाट पुनर्निर्वाचित भएकी हुन् ।
समारोहमा बिमा समितिका अध्यक्ष सिलवालले कम्पनीको पुनर्निर्वाचित अध्यक्ष सिंहको सफल कार्यकालको लागि शुभकामना ब्यक्त गर े।

प्रतिक्रिया दिनुहोस्