Logo

सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीले साइकल प्रयोग गर्ने

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना कर्मचारीलाई इन्धनको खपत घटाउनका लागि साइकलको प्रयोग गार्न आग्रह गरेको छ ।
बैंकले विश्व राजनीतिमा देखिएको संकटले निम्त्याएको आर्थिक अवस्थाले नेपालसमेत इन्धनमा भएको मूल्यवृद्धिको चपेटामा परेको भन्दै साइलक प्रयोगमा जोड दिएको जनाएको छ ।
समाज र देशको हितका लागि इन्धन खपत घटाउने समग्र देशको प्रयासमा केही इटा थप्ने उद्देश्यले बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीलाई कार्यालय आवातजावत गर्दा साइकलको प्रयोग गर्न तथा हिँडेर कार्यालय आवतजावत गर्न उत्पे्ररित गरेको जनाएको छ । छौ ।
बैंकले इन्धन खपत घटाउने उद्देश्यले नै सकेसम्म चारपांग्रे सवारी साधन प्रयोग गर्दा एक्लै यात्रा नगरी अन्य कर्मचारीलाई समेत सोही साधनमा यात्रा गराउन कर्मचारीलाई उत्पे्ररित गरेको र सो सम्भव नभएको अवस्थामा सकेसम्म चार पांग्रे सवारी साधनको सट्टा दुईपांग्रे सवारी साधनको प्रयोग गर्न वा सार्वजनिक सवारी साधनको प्रयोग गरेर कार्यालय आवतजावत गरी इन्धन खपत घटाउने प्रयासमा योगदान दिन बैंकले आफ्ना कर्मचारीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्