Logo

सुदूरपश्चिम महोत्सव १० चैतबाट

धनगढी-कोभिड १९ का कारण तीन वर्षदेखि सञ्चालन हुन नसकेको सुदूरपश्चिम महोत्सव १० चैतदेखि धनगढीमा हुने भएको छ ।
आयोजक कैलाली उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी तीव्र पारेको जनाएको छ । हरेक वर्ष २१ देखि ३० मंसिरसम्म सञ्चालन हुने गरेको महोत्सव दुई वर्ष हुन सकेन । आयोजक संघले यसपाली २१ देखि ३० माघसम्म महोत्सव आयोजना गर्ने तयारी गरेको भएपनि कोभिडको तेस्रो लहरका कारण हुन सकेन ।
आयोजक संघका अध्यक्ष पुष्पराज कुँवरले २० चैतसम्म आयोजना हुने महोत्सवमा एक करोड भन्दा बढी लगानी हुने अनुमान गरिएको बताए । उनले महोत्सव अवधिमा ४ लाख जना दर्शकले अवलोकन गर्ने जनाए । उनका अनुसार यसवर्षको महोत्सव चौधरी बुक डिपो नजिक पशुपति टोलमा रहेको खुला मैदानमा आयोजना गरिँदैछ । उनले महोत्सवमा ३ सय भन्दा बढी स्टल राखिने र सबै जसो स्टलहरु बुक भइसकेको बताए ।
व्यापार व्यवसायको विकास र विस्तार गर्ने उद्देश्यले आयोजना गरिने महोत्सवले प्रदेशकै आर्थिक विकासमा सहयोग पु¥याउने अध्यक्ष कुँवरले बताए । उनले महोत्सवले पर्यटन, कला, संस्कृति, खानपानका परिकार लगायतको विकास र प्रवद्र्धनमा समेत टेवा पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्