Logo

नगरस्तरीय खाद्य अधिकार सञ्जाल गठन

खानीखोला-धादिङको धुनीवेसी नगरपालिकामा कार्यरत गैरसरकारी संघसंस्था, उद्योग वाणिज्य संघ, सञ्जाल, सहकारी, समूहको सहभागितामा खाद्य अधिकार नगरपालिका सञ्जाल गठिन गरिएको छ ।
महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष सरिता आर्चायको संयोजकत्वमा १४ सदस्य खाद्य अधिकार नगरपालिका सञ्जाल गठन गरिएको छ । फोकस नेपालका रोसन नेपाल सहसंयोजक, सदस्यहरुमा प्रयास नेपालबाट सुनिता कडेल, रिम्स नेपालबाट पदम खत्री, गर्दुम खाद्य अधिकार प्रभावित समूहबाट नरेन्द्र तामाङ, जुगेडी खाद्य अधिकार प्रभावित समूहबाट रमा राई रहेका छन् ।
यसैगरी सदस्यहरुमा नवदुर्गा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाबाट ध्रुवप्रसाद गजुरेल, कालीदेवी महलिा वहुउद्देश्य सहकारी संस्थाबाट सरिता खरेल, धुनीवेसी अपांगताहरुको व्यक्तिको संघबाट सरिता आर्चाय, चौतारी सक्रिय महिला कृषि समूहबाट गिता रेग्मी, कुखुरेचौर बहुृद्देश्य कृषि सहकारी संस्थाबा सुनिता रोक्का, धादिङ उद्योग वाणिज्य संघबाट इश्वरप्रसाद कोइराला, रेडियो राजमार्गबाट शिवराज आर्चाय, कृषि रेडियोबाट राजाराम डंगोल र वागवानी कृषि उदम केन्द्रबाट हेमलाल श्रेष्ठ रहेकाछन् ।
खाद्य अधिकारको क्षेत्रमा कार्यरत संस्था फियान नेपालले नागरिक संस्थाका प्रतिनिधिहरुसंग खाद्य अधिकार अवधारणा सम्वन्धी अन्तरक्रिया गरेको थियो । खाद्य अधिकारको अवधारणा र कानूनी प्रावधानको जानकारी गराउने र खाद्य अधिकारको सवाल सम्बोधन कार्यमा संगठित हुन उत्प्रेरणा जगाउने मुख्य उद्देश्य बताइएको छ ।
फियान नेपालका अध्यक्ष गोकर्ण रुपाखेती खाद्य अधिकार सञ्जालले जिल्लामा खाद्य अधिकारका महत्वपूर्ण सवालहरु उठान र सवाल सम्वोनका काम गरेका कारण आफू फियान नेपालसँग जोडिन पुगेको र अहिले संस्थाको अध्यक्ष हुने अवसर प्राप्त भएको बताए । सञ्जालका सदस्यहरुको खाद्य अधिकार सम्बन्धी विषयमाहरु क्षमता विकास गरी नागरिकको खाद्य अधिकार प्राप्तिमा वकालत तथा पैरवी गर्न सक्षम बनाई खाद्य अधिकारका सवाल सम्बोधनमा सञ्जालसँग सहकार्य गर्ने अध्यक्ष रुपाखेतीले बताए ।
सञ्जालकी संयोजक आर्चायले आफू महिला हकहितमा काम गरिरहेकाले खाद्य अधिकार महिला बालबालिकासँग बढी सम्बन्धीत विषय भएपनि आफ्नो लागि नयाँ विषय भएकाले सबैको साथ सहयोग लिएर अघि बढ्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्